हेटौंडामा मतगणना सुरू, यस्तो छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

हेटौंडामा मतगणना सुरू, यस्तो छ पछिल्लो अवस्था



हेटौंडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ। आज बिहान आठ बजेबाट मतगणना सुरु भएको हो। हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। हेटौंडा–२, १८ र १९ को मतगणना पनि सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए।

हेटौंडाको शिद्धार्थ माध्यमिक विद्यालयको भवनमा मतगणना सुरु गरिएको हो। शुक्रबार राती नै मतपेटीका जम्मा भएपनि दलहरुबीच आज बिहानबाट मात्रै मत गणना गर्ने सहमति भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार हेटौंडाको कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको थियो।

हेटौंडासँगै मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिका पनि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी दिएको छ। जिल्लामा ७१ प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाको प्रारम्भिक अनुमान छ।