हेल्प फोर नेपाल संघले गर्यो दिल्लीमा पहिलो पटक सांस्कृतिक कार्यक्रम - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

हेल्प फोर नेपाल संघले गर्यो दिल्लीमा पहिलो पटक सांस्कृतिक कार्यक्रम



नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा नेपाली लोक-संस्कृतिको जगेर्ना गर्दै महिलाहरुको ठूलो पर्व तीज सम्पन्न भएको छ । तीजको अन्तिम दिनका रुपमा मनाईने पञ्चमीको अवसरमा शुक्रबार हेल्प फोर नेपाल संघ दिल्लीले भव्य तीज कार्यक्रम आयोजना गरेको थियो।

संघका अध्यक्ष रामचन्द्र खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा महरौलीका विधायक नरेश यादव प्रमुख अतिथि र दिल्ली महिला आयोगका प्रतिनिधि फिरोज खान विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए । दिल्लीका विभिन्न प्रवासी संघ-संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको कार्यक्रममा ठूलो संख्यामा प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो ।

समारोहमा नेपालका राष्ट्रिय लोक तथा दोहोरी गायक-गायिका नारायण बीपी परियार, विष्णु श्रीपाली, हरिमाया रायमाझी, सुशीला बीसी, अमृता बरालले लोक तथा दोहोरी गीतले दर्शकलाई नचाएका थिए । समारोहमा हाँस्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बाले उपस्थित सबैलाई हसाउनुसम्म हसाएका थिए।

नेपाल पत्रकार महासंघ भारतका महासचिव गोविन्द पोखरेल र समाजसेवी नवीन जोशीले सञ्चानल गरेको कार्यक्रममा स्थानिय नृत्यकारहरु सृष्टी अधिकारी, आरोसी जीसी, अनिता बिसी, निशा श्रेष्ठ लगायतले राम्रो प्रस्तुति दिएका थिए ।

सन २०१७  मा स्थापना भएको हेल्प फोर नेपाल संघ दिल्लीले पहिलो ठूलो कार्यक्रमका रुपमा तीज कार्यक्रम आयोजना गरेको थियो । स्थापनाको 1पहिलो  वर्षमै प्रवासी नेपालीका लागि भव्य कार्यक्रम दिन सफल भएको हेल्प फोर नेपाल संघ दिल्लीले विभिन्न समयमा दिल्लीमा असहाय भएका प्रवासी नेपालीहरुलाई सहयोग गर्दै आएको छ । हेल्प फोर नेपाल संघ दिल्लीले दिल्ली-एनसीआरमा हुने नेपाली कार्यक्रममा स्वयम सेविकाको भूमिका निर्वाह गर्दै आएको छ ।

तस्वीरहरु:गोपाल भारद्वाज