फिस्टेलको हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

फिस्टेलको हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण



काठमाडौं- विराटनगर जानुपर्ने फिस्टेल एयरको एक हेलिकोप्टर धानखेतमा आकस्मिक अवतरण गरेको छ । सुनसरीको इनरुवाको धानखेतमा शनिबार साँझ एक हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो।

शनिबार बेलुका ६ आसपासमा नजिकैबाट हेलिकप्टर घनावस्ती माथि घुमिरहेको देखिएको थियो । काठमाडौंबाट विराटनगरका लागि चार्टड हेलिकोप्टर हेलिप्याड थाहा नभएर धान खेतमा अवतरण गरिएको हो।

हेलिकोप्टरमा चालकदलका दुई सदस्यसहित काठमाडौं भ्यूटावरका निर्माता मनोज भेटवाल सवार भएको बताइएको छ । बस्तीमाथि रन्थनिएको हेलिकोप्टर देखेर स्थानीयहरू माथिमाथि हेरिरहेका थिए । हेलिकोप्टर अब खस्ने हो कि तब खस्ने हो कि भनेर स्थानीय त्रसित भएका थिए।

क्याप्टेनका अनुसार काठमाडौंबाट विराटनगरका लागि चार्टर गरिएको उक्त हेलिकप्टर हेलि लोकेशन थाहा नभएको कारण खेतमा ल्याण्ड गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार हेलिकोप्टर सखुवागाछीमै अवतरण गरिएको हो।