रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट प्रतियोगिता स्थगित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट प्रतियोगिता स्थगित



काठमाण्डु, १८ कात्तिक– सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिबार बाराको कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यतिले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता समेत स्थागित भयो ।

कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्लास्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो ।

प्रतियोगिता रोक्न लगाएपछि शनिबारका दुई खेल प्रभावित भएको कलैया क्रिकेट क्लबका एक पदाधिकारीले बताए । शनिबार बिदा भएकाले शनिबार तीन खेल थिए, दर्शकको भिड थियो । तर, सबैलाई धपाएर खाली बनाएको मैदानमा रक्षामन्त्री ओर्लिए र पार्टीको कार्यक्रममा तीन घन्टा १० मिनेट बिताए ।

रक्षामन्त्रीका कारण दुई खेल रद्द हुँदा आयोजकलाई आर्थिक भार थपिनुका साथै कार्यक्रमको पूर्वनिर्धारित तालिका समेत बिग्रिएको छ । नयाँ पत्रिकाबाट