सेल्फी लिदा हेलिकोप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

सेल्फी लिदा हेलिकोप्टरको पंखाले लागेर एक भारतीय नागरिकको मृत्यु



हुम्लामा हेलिकोप्टरको पंखाले चोट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।

हिल्सामा मंगलबार मनाङ एयरको हेलिकोप्टरकाे पंखाले लागेर भारत मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको हुम्लाका सहायक सिडियो महेशकुमार पोखरेलले जानकारी दिए।

कार्तिक धार्मिक तीर्थस्थल मानसरोबरका जानका लागि हिडेका थिए। हेलिकोप्टरबाट अाेर्लिनासाथ सेल्फी फोटो खिच्न लागेका बेला कार्तिकलाई हेलिकोप्टरको पछाडि पट्टीको पंखाले लागेको सहायक सिडियो पोखरेलले बताए। पंखाले लागेर कार्तिकको घटनास्थलमै मृत्यु भएको उनले बताए।

हुम्ला प्रहरी प्रमुख डिएसपी रविन श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक खडक मल्लको नेतृत्व प्रहरीको टोली मुचुल्काका लागि घटनास्थल पुगेको छ।

कार्तिकको शव जिल्ला अस्पताल सिमिकोटमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइने डिएसपी श्रेष्ठले जानकारी दिए।