नेपाललाई सहयोग गर्न न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले गरिन् अपिल - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

नेपाललाई सहयोग गर्न न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीले गरिन् अपिल



काठमाडौँ- नेपालमा पछिल्ला दिनमा कोरोना महामारी अनियन्त्रित भएको भन्दै सहयोग गर्न न्यूजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलन क्लार्कले अपील गरेकी छन् ।

नेपालले कोरोना भाइरस महामारीको दोस्रो र ठूलो लहरको सामना गरिरहेको भन्दै उनले खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोगका लागि सार्वजनिक रुपमा आग्रह गरेकी छन् ।

नेपाललाई कोरोना भाइरसविरुद्धको खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग जुटाउनका लागि क्लार्कले अपील गरेकी हुन्।

पूर्व प्रधानमन्त्री क्लार्कले नेपालमा कोरोना भाइरसको अवस्था सम्बन्धी समाचार ट्वीटर मार्फत साझा गर्दै सहयोगका लागि आग्रह गरेकी हुन् ।

नेपालको आर्थिक अवस्था कमजोर रहेको तथा स्वास्थ्य सेवा पनि न्यून क्षमताको रहेको भन्दै उनले महामारीका कारण उत्पन्न हुन सक्ने भयावह अवस्थाबाट जोगाउनका लागि सहयोग गरिनु पर्ने उल्लेख गरेकी हुन् ।