नेपालमै स्वास्थ्यकर्मीमा फैलिन थाल्यो कोरोना संक्रमण - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

नेपालमै स्वास्थ्यकर्मीमा फैलिन थाल्यो कोरोना संक्रमण



काठमाडौं । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको छ ।

सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।

यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् ।

उनलाई पनि टेकुमा भर्ना गरिएको छ भने परिवारका अन्य सदस्यको पीसीआर टेस्टको तयारी गरिएको छ।