स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक !



काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा केन्द्रका चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकालाई प्रभावकारी उपचार सेवा दिन चिकित्सकको टोली पठाउने तयारी गरीएको स्वास्थ्य मन्त्रालययका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चिकित्सकको टोली बारा पर्सामा पठाउनका लागि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक बसिरहेको प्रवक्ता श्रेष्ठले बताए ।

‘बाराको घटनाप्रति स्वास्थ्य मन्त्रालय गम्भीर छ, स्वास्थ्य राज्यमन्त्रीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक चलिरहेको छ, त्यहा तत्काल कति चिकित्सक आवश्यक छन् र कति पठाउने भनेर छलफल भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘हामीले त्यहाँको उपचार सेवा प्रभावकारी बनाउन तत्कालै थप चिकित्सकहरु पठाउछौं ।’

यस्तै स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव चन्द्र कुमार घिमिरे प्रभावित क्षेत्रमा जान स्वास्थ्य मन्त्रालयबाट निस्किएको श्रेष्ठले जानकारी दिए ।

बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीका कारण ७ सय भन्दा बढी घाइते भएका छन् । उनीहरुको नारायणी अस्पताल, वीरगंज र वीरगञ्ज हेल्थ केयर हस्पिटल, नेशनल मेडिकल कलेज लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

हावाहुरीका कारण घाइते भएकाको औषधि र रगत अभावका कारण उपचारमा समस्या भएका त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । घटनामा परीएउटै परिवारको ५ जनासम्म घाइते छन् ।