अब हाजार्ड, रोनाल्डो र मेसीको स्तर बराबर - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अब हाजार्ड, रोनाल्डो र मेसीको स्तर बराबर



एजेन्सी– चेल्सीका गोलकिपर केपा अरिजाबालागाले सहकर्मी इडन हाजार्ड युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीकै हाराहारीको खेलाडी रहेको दाबी गरको छन् ।

पछिल्लो ११ सिजनदेखि रोनाल्डो र मेसीले उच्च प्रदर्शन गर्दै आइरहेका छन् । यो बीचमा थुप्रै खेलाडी त्यस्ता आए जसलाई उनीहरुकै स्तरको खेलाडीका रुपमा हेरियो । कतिपय खेलाडीलाई उनीहरुसँग दाजियो पनि । समय समयमा ज्लाटान इब्राहिमोभिच, नेयमार , लुइस स्वारेज र एन्टोनी ग्रिजमनलाई रोनाल्डो र मेसीसँग तुलाना गरिन्छ ।

बिलबाओका पूर्व गोलकपिर अरिजाबालागा भने बेल्जियन स्टार हाजार्डलाई उनीहरुकै स्तरको खेलाडी मान्छन् । अझ यो सिजन हाजार्डको प्रदर्शनले उनी स्तरीय खेलाडी भएको उनको बझाई छ । प्रिमियर लिगमा चेल्सीलाई तेस्रो स्थान दिलाउनुमा हाजार्डको भूमिका छ । त्यस्तै चेल्सीलाई युरोपा च्याम्पियन बनाउने क्रममा उनले आर्सनलविरुद्धको फाइनलमा २ गोल गरेका थिए ।

‘ उनी जे पनि गर्न सक्छन् । एसिस्ट गर्न, लेफ्ट राइट जता बाट नी खेल्न सक्छन्, उनी एकदम छिटो छन्,’ अरिजाबालागाले भने, ‘शक्तिशाली छन् । वान अन वानमा पनि पनि त्यत्तिकै शसक्त छन् । तल सम्म पुगेर खेल्न सक्छन् । मेरा लागि उनी उत्कष्ट हुन् । उनी प्रिमियर लिगका उत्कृष्ट खेलाडी हुन् । ‘

समान पाँच पटक बालोन डी ओर जित्ने रोनाल्डो र मेसीसँग हाजार्डको तुलानामा उनले भने, म त्यही स्तरको त भन्न सक्दिन । तर उनी उनी नजिक छन् । म उनलाई विश्वका उत्कृष्ट पाँच खेलाडीमा राख्छु ।

अरिजाबालागाले हाजार्डका बारेमा थपे, ‘उनी उत्कष्ट खेलाडी मात्र होइनन् । त्यत्तिकै उत्कृष्ट व्यक्तित्व पनि हुन् । ड्रेसिङ रुपमा उनी सधै अरु खेलाडीको मनोबल बढाउँछन् । उनी त्यत्तिकै रमाइला पनि छन् । २८ वर्षको उमेरमा उनी आफ्नो क्षमता प्रदर्शन गर्न सफल भएका छन् । ‘

हाजार्ड नयाँ सिजनमा रियल म्याड्रिड जाने बलियो सम्भावना छ । युरोपाको फाइनलमा नै उनले क्ल्बका समर्थकलाई अनौपचारिक रुपमा बदाई भनेका थिए ।