फेरि बढ्यो हवाई भाडा: सबैभन्दा बढी काठमाडौ-धनगढी उडानमा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

फेरि बढ्यो हवाई भाडा: सबैभन्दा बढी काठमाडौ-धनगढी उडानमा



काठमाडौं- इन्धनको भाडा बढेसँगै नेपाल वायु सेवा सञ्चालकले हवाई भाडा बढाएका छन्।

संघले परिमार्जन गरेको नयाँ भाडादरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको छ। नेपाल आयल निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएर १०१ रुपैयाँ पुर्‍याएको थियो। सबैभन्दा बढी काठमाडौ-धनगढी उडानको भाडा बढेको छ।

संघका अनुसार यो सेक्टरको भाडा २ सय २० रुपैयाँले बढेको छ। संघका अनुसार पोखरा-विराटनगर उडानमा १८०, काठमाडौं- जुम्ला उडानमा १७०, काठमाडौं- सुर्खेत उडानमा १७५, काठमाडौं-नेपालगन्ज उडानमा १६० र काठमाडौं- भद्रपुर उडानमा १५० रुपैयाँ भाडा बढेको छ।

यसैगरि काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा पनि एक सय ७० रुपैयाँ भाडा बढेको संघले जनाएको छ।