एकै परिवारका सात जना हवाई आक्रमणबाट मारिए - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

एकै परिवारका सात जना हवाई आक्रमणबाट मारिए



एजेन्सी- अफगान सरकारको हवाई आक्रमणमा महिला र बालबालिकासहित सातजना मारिए

उत्तर अफगान प्रान्तमा अफगान सरकारको हवाई हमलामा परि कम्तिमा ७ जना नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुने हरुमा तीन बालबालिका र चार महिला रहेका छन् ।

अफगानिस्तानको एक स्थानीय सञ्चारमाध्यमका अनुसार हवाई हमलामा मारिने पीडितहरू एकै परिवारका हुन् भने उनीहरू आइतबार खाना खाने क्रममा मारिएका हुन ।

स्थानीय मिडियाका अनुसार उक्त हमला सरकारले नियन्त्रणमा लिएको क्षेत्रमा गरेका थिए।

तालिवानबाट सशस्त्र विद्रोहमा संघर्ष गरिरहेका पश्चिम समर्थित अफगान सरकारले नागरिकको मृत्युको रिपोर्ट अनुसन्धान गर्न तथ्य पत्ता लगाउने मिसन पठाउने वाचा गरेको छ।