हावाहुरी र वर्षाका कारण मकाउको जन जीवन अस्त व्यस्त - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

हावाहुरी र वर्षाका कारण मकाउको जन जीवन अस्त व्यस्त



कर्ण अधिकारी मकाउ,चीन/भदौ ७ 

चीनको स्वशासित क्षेत्र मकाउ र हंगकंगमा आज आएको तीव्र गतिको हावा हुरी र वर्षाका कारण जन जीवन अस्त व्यस्त भएको छ।समुन्द्रको किनारामा अवस्थित टापु भएका कारण समुन्द्रको पानीको छाल सडक सम्म आएको थियो भने तीव्र गतिमा आएको हुरीले सडक किनारामा लगाएको रूखहरूलाई ढाल्नुका साथै सवारी साधनहरूलाई पनि पूर्ण रूपमा क्षति पुराएको छ।भौतिक साधनमा क्षति भए संगै  मानवीय क्षति भएको बताईएको छ ।

मकाउमा ४ हजारको हाराहारीमा नेपालीहरू रोजगारी गर्दै आई रहेका छन्।मकाउमा नेपालीहरू सुरक्षित रहेका छन्।आजको हावा हुरी र वर्षाका कारण पहिलो पटक २ घण्टा भन्दा बढी समय बिजुली अबरूद्ध हुनुका साथै इन्टरनेट सेवा पनि अबरूद्ध भएको थियो।मकाउमा रहेका क्यासिनोहरूलाई आजको हावा हुरी र वर्षाले पूर्ण रूपमा असर पुराएको छ।