हुरी-बतास र वर्षाको यस्तो सम्भावना - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

हुरी-बतास र वर्षाको यस्तो सम्भावना



काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम र मध्य क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पश्चिम र मध्यका केही स्थान तथा पूर्वका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । देशका विभिन्न स्थानमा बेलुकातिर हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।