सवारीमा लगाइएको जोरबिजोर प्रणाली हट्यो
काठमाडौँ- उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले शुक्रबार(पुस ३ गते)देखि लागू हुनेगरी सवारीमा लगाइएको जोरबिजोर प्रावधान हटाएका छन् ।
जोरबिजोर हटाउनुअघि तीनवटै जिल्लाको को संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठक बसेको थियो । तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले संयुक्तरूपमा निर्णय गर्दै निजी तथा सार्वजनिक सवारीमा लगाइएको जोरबिजोर भोलीदेखि लागू हुनेगरी हटाएका हुन् ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालले असोज १ बाट लगाइएको जोरबिजोर प्रणालीलाई अर्को व्यवस्था नभएसम्मका लागि हटाइएको बताए । २०७६ चैत ११ देखि लकडाउन घोषणाा गरिएको थियो । त्यसको ४ महिनापछि लकडाउन हटाइएपनि सार्वजनिक सवारी पूर्णरूपमा खुलाइएको थिएन ।
कोरोना महामारीको कारण देखाउँदै गत भदौ ३ गतेदेखि अत्यावश्यक सेवा बाहेकमा लगाइएको निधेषाज्ञा असोज १ बाट हटाइएको थियो तर त्यसपछि भने उपत्यकामा अत्यावश्यक बाहेकका सेवा बाहेकका सवारीमा जोरबिजोर लगाइएको थियो ।