यिनै हुन हत्यारा ट्राफिक : यौन सम्बन्ध राख्‍न नदिएपछि हत्‍या गरे - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

यिनै हुन हत्यारा ट्राफिक : यौन सम्बन्ध राख्‍न नदिएपछि हत्‍या गरे



नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महसुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनु पर्ने अवस्था सिर्जना भएको छ ।

सुर्खेतमा पनि त्यस्तै घटना घटेको छ । एसईई दिन डेरामा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भई एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको हत्या ट्राफिक प्रहरीले यौन सम्बन्ध राख्न नदिएकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दैलेख घरभई अस्थायी ट्राफिक पोस्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला र पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरूले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् । यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरूले बयान दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले हत्याराहरूको बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।