हत्यारालाई कारबाहीको माग गर्दै टिकापुर बजार बन्द - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

हत्यारालाई कारबाहीको माग गर्दै टिकापुर बजार बन्द



कैलाली ।। कैैैलालीको टिकापुरमा बिहिवार मध्य राती खुकुरी प्रहार गरी हत्या गरिएका करण थापाका आफन्तले तत्काल हत्यारा पत्ता लगाई कारबाहीको माग गर्दै आज टिकापुर बजार बन्द गरेका छन् ।

स्थानीय प्रशासनलाई दबाब दिने उदेश्यले पीडितले गराएको बजार बन्दले टिकापुरको जनजीवन प्रभावित भएको छ । बन्दले बिहानै देखी बजार र यातायात सेवा ठप्प रहेको छ ।

टीकापुरको खुलामञ्चमा विहीबार राती पौने १२ बजेतिर टीकापुर २ सितापुरका २१ वर्षिय करण थापाको खुकरी प्रहार गरी हत्या गरिएको थियो ।

होली कार्यक्रम चलिरहेका बेला भएको युवक हत्याको आरोपमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।

हजारौ मानिसको बिचमा खुकुरी प्रहार गरी हत्या गरिदा पनि कसैलाई पक्राउ नगरिएको भन्दै यसअघि शुक्रवार ईलाका प्रहरी कार्यालय घेराउ समेत गरिएको थियो ।फाइल तस्बिर :