'दासढुङ्गा र राजदरवार हत्याकाण्ड' को सत्य खोई सराकार ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

‘दासढुङ्गा र राजदरवार हत्याकाण्ड’ को सत्य खोई सराकार ?



बाबु रोकामगर

जेष्ठ महिनामा नेपालको दुई ठुला ऐतिहासिक घटना २०५० जेष्ठ ३ गते मदन भण्डारी(दासढुंगा) हत्याकाण्ड र २०५८ जेष्ठ १९ गते राजदरबार हत्याकाण्ड । क्रान्ति गर्ने नाइकेहरूको बिचारमा क्रान्ति मर्नु र मार्नु होला तर मेरो विचारमा क्रान्ति बाँच अनि बचाऔँ हो । तर मेरो देशमा क्रान्तिको नाममा धेरैले ज्यान लिए र धेरैले ज्यान दिए त्यसको बदलामा देशले के पायो त ?

करिब पच्चिस वर्ष पहिले गाडी दुर्घटना गराएर हत्या गरिएको महान् व्यक्तित्व नेपाल कम्युनिस्ट पार्टी एमालेका लिडर देशप्रेमी मदन भण्डारीको हत्या किन गरिएको थियो ? बहुदलीय जनवादका ब्याख्याता भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो । जीवराज आश्रितको मृत अवस्थामै गाडीभित्र शव भेटिएको थियो भने मदन भण्डारीको घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि शव भेटिएको थियो ।

यो घटनाको छानबिन गर्न धेरै आयोग बनेतापनी ती आयोगले वास्तविकता बाहिर ल्याउन सकेनन् र यो हत्या नै थियो । तर हत्याको डिजाइनर को थियो ? आजसम्म किन पत्तो लगाउन सकिएन ? अहिलेसम्म कसैलाई पत्तो लागेको छैन घटना झनै रहस्यको विषय बनेको छ । यस्तै मदन भण्डारीको हत्या भएको ८ वर्ष पछि २०५८ जेष्ठ १९ गते १७ वर्ष बिती सक्दा पनि राज्यले फैसला गर्न नसकेको इतिहासले पताक्षप गर्न नसकेको एउटा अर्को क्रुर अनि निन्दनीय पार्सविक हत्याकाण्ड हो राजदरबार हत्याकाण्ड ।

जनताका लोकप्रिय राजा बिरेन्द्रका सिङ्गो वंश विनास बनाउने त्यो हत्याकाण्ड को डिजाइनर को थिए र किन गराए ? पुस्तकका पाना पल्टे जस्तै १७ वर्ष बित्यो तर दरबार हत्याकाण्डको रहस्य अझै सम्म खुल्न सकेको छैन । हत्या पछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो हत्या ग्राण्ड डिजाइन भनेका थिए तर त्यो ग्राण्ड डिजाइन कसले गर्‍यो र किन ? रहस्यको पर्दाफास उनले कहिल्यै गरेनन । त्यसपछि पनि धेरैजना प्रधानमन्त्री बने तर कसैले पनि यो घटनाको विषयमा एक शब्द बोल्न सकेनन् । गणतन्त्र आएपछि प्रधानमन्त्री भएका पुष्प कमल दाहाल (प्रचण्ड) ले यो घटनाको बारेमा सबै पर्दाफास गर्नेछु त भने तर उनले पनि केही गर्न सकेनन् प्रचण्ड पछि भएका प्रधानमंत्रीहरु ले त यस घटना बारे कुनै कुरा उठाउन समेत सकेका छैनन् किन ? के साँच्चै नै यी घटनाहरू महत्वहीन या सामान्य थिए ? सायद घटनालाई बिस्तारै भुल्ने सिवाय केही रहेन ।

नेपालमा दण्डहिनताको सुरुवात यही घटनाबाट सुरु भएको थियो र यसको पूर्ण छानबिन हुने र यो घटनाको मुख्य दोषी को हो ? सच्चाईलाई जनताको अगाडी ल्याउन नेपाल सरकारले अझै पनि नसकेको आम जनतालाई अवगत नै छ । हत्याको छानबिनपछि पूर्वराजा मरिसकेका दिपेन्द्रलाइ नै हत्याको दोषी बनाइयो । सर्वोच्च अदालत द्दारा प्रधान न्यायधिसको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोगको गठन भयो यो आयोगले पनि मरी सकेका दिपेन्द्रकै थाप्लोमा हालेर प्रतिवेदन बुझायो तर आयोगको प्रतिवेदन जनताहरूले अझैपनी स्विकारेका छैनन् । दरबारलाई नजिकबाट देख्ने केही व्याक्तिहरुले प्रकाशित गरेका पुस्तकमा पनि हत्याको दोषी दिपेन्द्र लाईनै लगाइएको छ तर वास्तविक सत्य भने अझै सम्म खुल्न सकेको छैन कि हत्या कसले गर्‍यो ?

यो हत्याकाण्डमा राजपरिवारका सदस्य संलग्न थिए वा बाहिरी शक्तिको संलग्नता थियो यो रहस्यकै गर्वमा छ । यसको आधारीन रूपमा आधार सबुत प्रमाण भने कसैले पनि प्रस्तुत गर्न सकेनन् किन ? दलहरूले हत्याको छानबिन गरे या गरेनन तर हत्याकाण्डका प्रमाणहरू एक पछि एक गर्दै नष्ट हुँदा पनि मौन बसीरहे । दरबार हत्याकाण्ड भएको ४ वर्ष पछि हत्याकाण्ड भएको भवन त्रिभुवन सदनलाई तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा भत्काइएको थियो त्यो भवन किन भत्काइयो ? कसैले आवाज उठाउन सकेनन् । दिपेन्द्र गोली लागेर ढलेको पोखरी एक पटक पुरेर जीर्णउद्धार गरिएको छ घटनाको प्रत्यक्ष दर्शीहरुले पनि घटनाको सत्य बताउन चाहेनन तर अझै पनि विभिन्न शङ्काका काला बादलहरू मानिसहरूको मन मस्तिष्कमा जीवितै छन ।

नेपाली संस्कृति गाईजात्राको ठिक अघिल्लो दिन “कुल प्रसाद शेरचन” प्रस्तुत भएका थिए हत्याका सम्पूर्ण आधिकारिक जिम्मेवार लिँदै एकाएक घटनाको जिम्मेवार लिने कुल प्रसाद शेरचन यो घटनाको वास्तविकता लुकाउने जात्राका एक कलाकार हुन या वास्तविक हत्यारा यिनै हुन ? कस्तो जमाना आफै हत्यारा हुँ भनेर दिनदहादै कुर्लनेलाई पनि पक्रन नसक्ने कस्तो हाम्रो सरकार ? देशमा गणतन्त्र घोषित भएपछि राज गद्दी छोड्दा तत्कालीन राजा ज्ञानेन्द्रले पनि आफ्नो दोष नभएको आशय व्यक्त गरेका थिए । नारायणहिटी राजदरबारबाट राजसंस्था बहिरगमन भईसकेपछि सिंगापुर स्थित एउटा अखबारबाट पूर्व युवराज पारसले भनेका थिए हत्यारा दिपेन्द्र नै थिए । तर यति हुँदा पनि ऐतिहासिक घटना राजदरवार हत्या काण्डको वास्तविक पर्दा खुल्न सकेको छैन ।

राजतन्त्रको ठाउँमा गणतन्त्र आयो राजाको स्थान राष्ट्रपतिले लिए तर यो घटना सँगै राजनीतिमा जो अडिकता थियो त्यो पूर्ति भयो त ? प्रश्न अझै निरउत्तरित छ । हामी जनताहरूले तपाइहरूबाट के अपेक्षा राख्दा उचित होला सरकार ?

यस्तो कहिल्यै भुल्न नसकिने ऐतिहासिक घटनाको वास्तविक बुझ्न नसक्ने नेपाल सरकारको कानुनले सर्वसाधारण को हत्या प्रति कुनै औला ठाडो पार्न सक्ला त ? कानुन कस्का लागि बनाइयो? किन कानुन सँग मान्छेहरू डराउदैनन अझै पनि कता कति महान् व्यक्तिहरूले हत्याराहरूको बचाव गर्दै धम्की दिँदै हिडछन सक्छौ भने मलाइ पक्र हत्यारा लाई होइन? यो त सिधै कानुन लाई आफ्नो हातमा लिएर दादागिरी देखाउनु आफूले मनपरी गर्नु के यो नेपाल को कानुनी दायरा भित्र पर्छ त? किन बुझ्दैनन् सरकार मा बस्नेहरुले ? किन चुप लागेर बसी रहन्छन पुलिस प्रशासन? किन पक्रन सक्दैन यस्ता ब्याक्तिहरुलाई ?

यी घटनाहरूलाई किन चासो दिइएन ? किन मौन हुनुहुन्छ राष्ट्रपति ? आफ्नो श्रीमानको हत्याराको खोजी गर्नुपर्ने विषयलाई किन कहिलेसम्म थाती राखेर बस्नुहुन्छ ? खोइ प्रधान मन्त्री केपी ओली ज्युले यी घटनाको विषयमा खोजी गरेको ? त्यसै पनि डर अनि त्रासमा बाँचेका हामी नेपालीहरू कहिले सीमापारिका सुरक्षा कर्मीहरूको गोली बारुद र कहिले आफ्नै देशका हत्यारा नाइकेहरूका नजरको निशानी बनेर कहिले सम्म बाँच्ने?

सोचौँ कुरा गम्भीर छ नसोचौ त मनले मान्दैन मलाइ मात्रै होइन सरकार? यो घटनाको जानकारी भएका हरेक नेपालीहरूलाई रहस्यको विषय बनेको छ सोच्न बाध्य बनाएको छ । जबसम्म तपाईँहरू जस्ता सरकारमा बस्नेहरुबाट यी प्रश्नको जवाफ आउँदिन तबसम्म यस्ता प्रश्नहरू बारम्बार उठिरहने छन् । यहाँ ठुला बडा व्याक्तिहरुको मात्रै होइन सर्वसाधारण व्याक्तिहरुको पनि जिउ ज्यानको रक्षा हुनुपर्दछ । यति बेला समय, शक्ति, कानुन अनि नेपाली जनता तपाईँहरूको साथमा छ भने दोषी अपराधी हरूलाई कारबाही गरी कानुनी कठघरामा ल्याउन सक्ने नसक्ने तपाईँहरूको हातमा छ यी घटनाको विषयलाई लिएर दोषीलाई नेपाल सरकारले कारबाही गरेको हेर्न सम्पूर्ण नेपालीहरू को आँखा टोलाई रहेको छ ।