हत्या भएको ६ बर्ष पुग्दा समेत ओम प्रकाशको हत्यारा पत्ता लागेन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हत्या भएको ६ बर्ष पुग्दा समेत ओम प्रकाशको हत्यारा पत्ता लागेन



धनगढी:बि.सं. २०६९ मसिंर २५ गते ओम प्रकाश पन्तको हत्या भएको थियो । मंलगलवार ओम प्रकाशको हत्या भएको ६ वर्ष पुरा भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । धनगढीको केन्द्रविन्दु तारानगरमा रातीको ९ वजे उनको घाटी रेटर विभत्स हत्या गरीएको थियो ।

मृतकका वुवा श्रीकृष्ण पन्तका अनुसार ओम प्रकाशले घटनाको समयमा प्रहरीको कन्ट्रोल रुममा फोन गरेको भएपनी प्रहरीले कुनै वास्ता नगरेको उहाँले वताउनुभयो । उहाँले हत्याराको खोजि गरि कार्वाहिका लागि बिभिन्न निकायमा आग्रह गरे पनि ६ बर्ष पुग्दा समेत सम्बन्धित निकायले कुनै पनि चासो नदिएको गुनासो गर्नुभयो ।

तत्कालीन समयमा प्रहरी कन्टेलको १ सयमा फोन गर्दा पनि प्रहरीले वेवास्ता गर्नु कहाँसम्मको न्याय हो भन्दै प्रारम्भिक अनुसन्धान कर्ताहरुले फितलो रुपमा अनुसन्धान गरेको उहाँले गुनासो गर्नुभयो । पोष्टमार्टम रिपोर्ट अनुसार ओमप्रकाशको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जनाइएको छ ।

हत्यारालाई कानुनी कट्घरामा पु¥याउन नसक्दा परिवारको नै बिचल्ली भएको उहाँले वताउनुभयो । आफूले न्यायको लागि हर कोशिष गरे पनि न्याय पाउने आशा मरिसकेको उहाँले बताउनुभयो । सुरुमा बिभिन्न संघ संस्थाहरुले सहयोग गरेपनि पछिल्लो समय चिन्ता र चासो नै नदिएको उहाँले जानकारी दिनुभयो ।

आफूले हत्यामा संलग्न रहेका ब्यक्तिहरुलाई नचिनेको भएपनि आशंका गरेका ब्यक्तिहरुलाई समेत प्रहरीले अनुसन्धान नगरेको उहाँले वताउनुभयो । उहाँका अनुसार ओमप्रकाशका हत्यारा अहिले पनि खुलेआम हिडिरहेका छन् । उहाँले ओमप्रकाश हत्या प्रकरणको नयाँ ढङ्गवाट अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनलाई पटक पटक आग्रह गरे पनि प्रहरीले भने सुन्या नसुन्यै गरेको गुनासो गर्नुभयो ।