सशस्त्र प्रहरी हबल्दार द्वारा श्रीमती हत्या - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

सशस्त्र प्रहरी हबल्दार द्वारा श्रीमती हत्या



कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका ३७ वर्षका केशव कार्कीले २६ वर्षकी श्रीमती सरस्वति कार्कीको मंगलबार बिहान खेतमा फरुवाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले खेतमा काम गरिरहेका बेला सामान्य विवाद हुँदा आवेसमा आएका हबल्दार कार्कीले फरुवाले हिर्काउदा सरस्वतिको घटनास्थलमै ज्यान गएको जानकारी दिए । उनले श्रीमतीको हत्या गर्ने केशवलाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

श्रीमतीको हत्या गर्ने केशव सशस्त्र प्रहरी हबल्दार रहेको र उनी सीमा सुरक्षा बल लमही दाङमा कार्यरत रहेको बुझिएको छ । उनी केही दिन अघि मात्रै रोपाइँ गर्नका लागि घर आएका थिए ।