जंगली हात्तीको आक्रमण : एक महिलाको मृत्यु - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

जंगली हात्तीको आक्रमण : एक महिलाको मृत्यु



इनरुवा । सुनसरी, बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको सोमबार बिहान मृत्यु भएको छ।

बराह नगरपालिका–९, ढोलबज्याङ्का सत्यनारायण चौधरीकी ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी को हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताएका छन् ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले चौधरीलाई भैंसी गोठमा बसिरहेको बेला आइतबार राति आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा सोमबार बिहान मृत्यु भएको जानकारी सुनसरीका चिमोरियाले दिए।