बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

बहिनी र भान्जीमाथि हतियार प्रहार, चारै जनाकाे अवस्था गम्भीर



ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै दाजुले बहिनी र २ भान्जीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएर आफैं आत्माहत्याको प्रयास गरेका छन्। फुङलिङ नगरपालीका ३ निवासी दिवस मगरले बहिनी रेनुका मगर (भुजेल) र भान्जी द्वय इस्टीना र ओरिनालाई धारिलो हतियार प्रहार गरेका हुन्।

बहिनी र २ भान्जीको हत्या प्रहास गरेका उनले आफ्नै पेटमा छुरा प्रहार गरेका छन्। घाइते चारै जनाको अहिले ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। चारै जनाको अवस्था गम्भीर भएपछि उनीहरूलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक लक्ष्मण बहादुर थापा मगरले जानकारी दिए।

हतियार प्रहार गर्ने दिवसको मानसिक सन्तुलनमा समस्या रहेको बुवा गणेशले प्रहरीलाई जानकारी दिएका छन्। माइत आएका बहिनी र भान्जीहरू आज धनकुटा घरतर्फ फर्कने तयारीमा थिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। नागरिक न्युजबाट/ सांकेतिक तस्बिर :