हातेमालोको दशौ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ सम्पन्न,अध्यक्षमा सुवेदी - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

हातेमालोको दशौ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ सम्पन्न,अध्यक्षमा सुवेदी



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा सिए अध्ययनरत विद्यार्थीहरूको  सङ्गठन हातेमालो नेपाली विद्यार्थी समूहले आफ्नो दशौ वार्षिक साधारण सभा र सांस्कृतिक साँझ आइतबार सम्पन्न गरेको छ ।  इंद्रप्रस्थ स्थित भारत स्काउट भवनमा सम्पन्न भएको उक्त कार्यक्रमको  अध्यक्षता संस्थाकी  ९ औँ कार्यकालकी अध्यक्ष आयुष्मा अर्यालले गरेकी थिइन्।

कार्यक्रममा विशेष अतिथिका रूपमा एवेरेस्ट चेम्बर ऑफ़ कॉमर्स एन्ड इंडस्ट्रीजका सचिव डॉ. मोहन कार्की, ACAN का कोषाध्यक्ष राजु ढकाल, बी.पी.चिन्तन फाउंडेशनका अध्यक्ष तथा विद्यार्थी युवा नेता सन्दीप राना ,NIRC ऑफ़ ICAI का पूर्व अध्यक्ष CA राज चावला, साउथ एशियन विश्वविद्यालयका सहायक प्राध्यापक युवराज पोख्रेल,साउथ एशियन विश्वविद्यालयका सिन्धु पोख्रेल,नेपाल जन सम्पर्क समितिका केंद्रीय परिषद् सदस्य,प्रमोद खरेल आदिको  उपस्थिति रहेको थियो। कार्यक्रममा  विभिन्न सामाजिक,गैर राजनीतिक सङ्घ-संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

समाहरोमा कोषाध्यक्ष स्वरूप ढुङ्गानाले वार्षिक वित्तीय रिपोर्ट प्रस्तुत गरिन  भने सह-सचिव समृद्धि ढकालले वार्षिक सङ्गठनात्मक रिपोर्ट प्रस्तुत गरेकी थिइन्।कार्यक्रमको मुख्य एजेन्डा संस्थाको  दशौ कार्यकालको लागि नयाँ कार्यकारी समितिको गठन रहेको थियो। सरोज सापकोटा, शिविर लामा, अशोक सापकोटा र सौरभ चौधरी रहेका निर्वाचन  समितिका प्रमुख आयुक्त सरोज सापकोटा रहेका थिए। निर्वाचन  समितिले राखेका मापदण्ड बमोजिम आएका नॉमिनेशनहरुलाई संस्थाको  विधान अनुसारको प्रक्रिया पूरा गर्दै दसौँ कार्यकालको लगी १५ सदस्यको कार्यकारी समितिको गठन भएको छ ।

कार्यकारी समितिको अध्यक्ष रूपमा ९ औँ कार्यकालका कार्य समिति सदस्य  रहेका सरोज सुबेदी निर्वाचित भएका छन् भने उपाध्यक्षमा ध्रुव प्रसाद देवकोटा ,सचिवमा रोशन कुमार यादव,सह-सचिवमा सरफराज हुसेन र कोषाध्यक्षमा सुलभ लम्साल निरबिरोध रूपमा निर्वाचित हुनु भएका छन्।कार्य समिति सदस्यहरूमा प्रज्ञा पोखरेल,समीर भट्टराई,सन्देश न्यौपाने, सुमित सिटौला, रविन घिमिरे, आशिष् बराल,टङ्क प्रसाद पन्त, सुनिल श्रेष्ठ, यादव नेपाल र युवराज रिजाल निर्वाचित भएका छन्। यस्तै पब्लिक रिलेशन टिममा विगत यस वर्षको लागि निम्न प्रतिनिधिहरू छनौट भएका छन्।

१. लक्ष्मण अर्याल (B-TECH IT,शारदा विश्वविद्यालय)
२. केशव सुवेदी (MECHANICAL ENGINEERING,शारदा विश्वविद्यालय)
३. सुदीप सिंखडा (INFORMATION , SCIENCE AND ENGINEERING ,बैंगलोर,)
४. राजेश खत्री (मुम्बई )
५. रीति श्रीवास्तव (लक्ष्मी बाई कॉलेज, दिल्ली विश्वविद्यालय)
६. सुजाता अधिकारी (गुरु गोविन्द सिंह विश्वविद्यालय)
७. दिपांशिश यादव (IIT )
८. सुमन ढुङ्गाना(PNC,पोखरा लॉ कैंपस)
९. अनीश सुवेदी (COMPUTER ENGINEERING, डॉ. एपीजे टेक्निकल यूनिवर्सिटी, मेरठ)
१०. श्याम सिंह(CIVIL ENGINEERING,बरेली)

निर्वाचन समितिका प्रमुख आयुक्त सरोज सापकोटाले दसौँ कार्यकालको लगी १५ सदस्यको कार्यकारी समिति र छनौट भएका पब्लिक रिलेशन टीमलाई शपथ ग्रहण गराएका थिए। कार्यक्रमको अन्त्यमा ९ औँ कार्यकालकी अध्यक्ष आयुष्मा अर्यालले आफ्नो एक वर्षको अनुभव र उपलब्धिहरू बारे प्रकाश परिन । साथै  ९ औँ कार्यकाललाई सफल तुल्याउन सहयोग गरेका आफ्ना कार्यकारी समितिका सदस्यहरूलाई धन्यवाद दिनुका साथै १० औँ कार्यकाललाई निर्वाचित कार्यकारी समितिलाई बधाई ज्ञापन पनि दिइन।

कार्यक्रममा नव-निर्वाचित अध्यक्ष सरोज सुवेदीले विगतका वर्षहरू झैँ यो वर्ष पनि आफ्नो कार्यकालमा हातेमालोलाई विद्यार्थीहरूको चौतर्फी विकाश कार्यहरूमा आफू सहित का कार्यकारी समिति सदैव तत्पर रहने बताए । उपस्थित अतिथिहरूलाई नि-वर्तमान अध्यक्ष आयुष्मा अर्याल,निवर्तमान उपाध्यक्ष विवेक श्रेष्ठ, निवर्तमान सह-सचिव समृद्धि ढकाल, निवर्तमान कोषाध्यक्ष स्वरूप ढुङ्गाना, वर्तमान अध्यक्ष सरोज सुवेदी र वर्तमान उपाध्यक्ष ध्रुव प्रसाद देवकोटाले मायाको चिनो प्रदान गरिएको थियो । यस्तै कार्यक्रममा हातेमालोको आजीवन सदस्यहरूलाई प्रमाण पत्र समेत दिइएको थियो।

औपचारिक कार्यक्रम पश्चात् भएको सांस्कृतिक साँझमा नेपाली कला, संस्कृति झल्किने विभिन्न नृत्य,गायन हरू भएका थिए। यस्तै देशमा बढ्दै गरेको सामाजिक समस्याको रूपमा रहेको बलात्कार घटनामा केन्द्रित भएर  एकांकी प्रस्तुत गरिएको थियो भने कार्यक्रममा कविता,गजल र हास्य ब्यंग्य प्रस्तुतिहरू पनि राखिएको थियो ।सांस्कृतिक कार्यक्रमकाको समन्वय कविता भट्ट र सुनिल धमलाले गरेका थिए। कार्यक्रममा दिल्ली बस्ने नेपालीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

सस्थाका निवर्तमान सचिव  गोबिन्द आचार्य लगायत अन्य हातेमालोका सुभचिन्तकले नेपालबाटै नवनिर्वाचित टिमलाई  शुभकामना संदेश दिएका थिए  ।

औपचारिक कार्यक्रम रोशन कुमार यादव र नीर्जा बहेतीले गरेका थिए भने सांस्कृतिक साँझका उदघोषक ध्रुव प्रसाद देवकोटा र समृद्धि ढकाल  रहेका थिए।