हातेमालोले गर्यो दिल्लीमा सामुहिक टिका जमारा ग्रहण - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

हातेमालोले गर्यो दिल्लीमा सामुहिक टिका जमारा ग्रहण



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको राजधानी दिल्लीमा सी.ए अध्यनरत नेपाली विद्यार्थीहरूको सङ्गठन “हातेमालो नेपाली विद्यार्थी समूहले” नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा शुक्रवार टिका-जमरा एवम् शुभकामना आदान प्रदान सहित प्रसाद वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

फोनिक सी.ए एकेडेमीको प्राङ्गणमा भएको उक्त कार्यकममा दिल्लीमा रहेको पशुपति नाथ मन्दिरका भट्ट ( नेपाली पुजारी) बाट टीका ,जमरा तथा आशीर्वाद ग्रहण भएको थियो ।

उक्त  कार्यक्रममा प्रवासमा रहेर पनि आफ्नो संस्कृति, परम्परा एवम् चाडपर्वहरूलाई माया गरिरहने प्रवासी नेपाली विद्यार्थीहरूको, नेपाली सिएहरु,पूर्व सदस्यहरू तथा दिल्लीमा रहेका सिए विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।

आफ्नो घर छोडेर सपनाको उडान भर्न आएका सबै प्रवासी विद्यार्थीहरूको निधार खाली नरहोस् र घर जत्तिकै सानिध्यता एवम् उल्लासता मनमा रहोस् भन्ने उदेश्यले आयोजना गरिएको उक्त कार्यक्रम विद्यार्थीहरूले टीका, जमरा एवम् प्रसाद ग्रहण गरेका थिए । उपस्थित नेपाली विद्यार्थीहरूले पारिवारिक माहौलमा एक-अर्कासँग खुसी एवम् शुभकामना आदान प्रदान गरेका थिए ।

विगतका वर्षहरूमा पनि समूहले टीका-जमरा र प्रसाद ग्रहण कार्यक्रम आयोजना गर्दै आएको छ।