जोरबिजोर हटाएर फेरि पास लागू गर्ने तयारी
काठमाडौं- सरकारले सवारी साधनमा लगाएको जोर-बिजोर प्रणाली हटाउने तयारी गरेको छ । कोरोना महामारी बढ्दै गएको भन्दै अहिले सन्चालन भइरहेको जोर–बिजोर प्रणाली हटाएर फेरी पास ल्याउने तयारी सरकारले गरेको छ ।
काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा कोरोना संक्रमण बढ्दै गइरहेको तथा सवारी दूर्घटना बढेको भन्दै यो प्रणाली लागू गर्न लागिएको बुझिएको छ ।
यसका लागी छलफल भइरहेको स्रोतले बताएको छ । सवारी साधनमा जोर सिस्टम लगाएपनि बजारमा एकदमै भिड भैरहेको र सामाजिक दुरी कायम नभएको सरकारको निष्कर्ष छ ।
सरकारले चैत ११ गत लकडाउन घोषणा गरेदेखि नै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि निजी सवारी साधनका लागि जारी गरेको सवारी पास असार १ गतेदेिख खारेज गरी जाेर-बिजाेर लागू गरेकाे थियाे ।