महिला हिंसा र बलात्कार विरुद्ध हस्ताक्षर सङ्कलन - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

महिला हिंसा र बलात्कार विरुद्ध हस्ताक्षर सङ्कलन



गोविन्द बीसी/बौनिया
कैलाली जिल्लाको लम्कीमा आइतबार महिला हिंसा र बलात्कार विरुद्ध हस्ताक्षर सङ्कलन गरिएको छ ।
७ नम्बर प्रदेश सहित देशका विभिन्न स्थानमा बढ्दै गइरहेका महिला हिंसा र बालिका बलात्कार घटनाका विरुद्ध लम्कीचुहा नगरपालिका स्तरीय बाल सञ्जालको आयोजनामा हस्ताक्षर सङ्कलन गरिएको हो ।

हस्ताक्षर सङ्कलन कार्यक्रमलाई नगर बाल अधिकार संरक्षण तथा संवर्द्धन समिति लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले शुभारम्भ गरेका थिए ।हस्ताक्षर सङ्कलन गरी लम्किचुहा नगरपालिका मार्फत जिल्ला प्रशासन कार्यालयमा बुझाउने कार्यक्रम रहेको तिमिल्सिनाले बताए ।

हस्ताक्षर सङ्कलन कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन लम्की बहुमुखी क्याम्पस लम्कीका सभापति ललित जैशी, सामाजिक अभियन्ता जनक सुनार, नगर बाल सञ्जाल लम्कीचुहा, विभिन्न बाल क्लबका बालबालिकाको उपस्थिति रहेको थियो ।

बालिकामाथि बढ्दै गइरहेका हिंसा र बलात्कारका घटनालाई राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण गराउन र दोषीलाई कार्वाही गर्न दवाब दिने उदेश्यले हस्ताक्षर सङ्कलन अभियान थालिएको नगर बाल सञ्जाल लम्कीचुहाकी अध्यक्ष यशोदा देवकोटाले जानकारी दिएकी छन् ।