भण्डारी राष्ट्रिय पुरस्कार २०७४ शर्मालाई - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भण्डारी राष्ट्रिय पुरस्कार २०७४ शर्मालाई



काठमाडौं । मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७४ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेसनले २०७४ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रसिद्ध कलाकार शर्मालाई प्रदान गर्ने निर्णय गरेको हो । १४ असारमा भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा प्रदान गरिने यस पुरस्कारको राशी रु. एक लाख रहेको छ ।

शर्माले पानी रङ र तैल रङ चित्रको प्रयोगात्मक क्षमता र गहन सैद्धान्तिक ज्ञान प्राप्त गरेका छन् । शर्मालाई लिच्छविकालदेखि वर्तमानसम्मका काठमाडौं उपत्यकाका प्राचीन सामाजिक, प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्व झल्काउने सयौं चित्र प्रकाशन गरेका छन् । उनलाई चित्रकलामा उल्लेखनीय योगदान पुर्याएका कारण सम्मान गर्न लागिएको भण्डारी फाउण्डेसनले जानकारी दिएको छ ।