हरिबंश आचार्यको कारसंग बस ठोक्कियो
हिमालपोष्ट/ काठमाण्डौ, १७ चैत्र
बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको कारलाई सर्बोच्छ अदालत अगाडि बसले ठक्कर दिएको छ ।
आचार्यले चलाएको बा १३ च १२२९ नम्बरको कारलाई पछाडीबाट आएको बसले ठक्कर दिएको हो । सर्वोच्च अदालत अगाडी रामशाहपथमा उनको गाडीलाई बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट उनको गाडीको पछिल्लो भाग क्षतिग्रस्त भएको छ । आचार्य चाहिँ सुरक्षित छन् । ‘म सुरक्षित छु, मान्छेले बाटो काट्दा दुर्घटना भयो,’ उनले भने, ‘गाडीमा क्षति पुगेको छ ।’
उनका अनुसार गाडी गुडिरहेको अवस्थामा एक जना व्यक्तिले सडक काटेपछि दुर्घटना भएको हो । मान्छेले बाटो काटेपछि आचार्यले ब्रेक लगाएका थिए । त्यहिबेला पछिबाट आएको बसले कारलाई ठक्कर दिएको हो ।