पहिलो गायक तथा नाट्यकर्मी रिमालको निधन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

पहिलो गायक तथा नाट्यकर्मी रिमालको निधन



काठमाडौ । रेडियो नेपालका पहिलो गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९३ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

विसं १९८२ असोज २ गते जन्मिएका रिमालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म नयाँ बानेश्वरमा रहेको उनकै निवासमा राखिने छ ।

रिमालले आफ्नो निधनपछि कुनै किसिमको तडकभडक नगर्न भनेकाले बिहान १० बजेपछि पशुपति आर्यघाट लगेर अन्त्यष्टि गरिने शिष्य एवं चलचित्र निर्देशक–अभिनेता सम्राट सापकोटाले जानकारी दिए ।