बरिष्ठ हाँस्यकलाकार आचार्यले भने ‘म हजुर बुवा भएको छु’
काठमाडौं – बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य हजुरबुवा बनेका छन् । उनका र मिरा आचार्यका जेठो छोरा त्रिलोक आचार्यलाई पुत्र लाभ भएको छ ।
शनिबार बेलुका हरिवंशले आफ्नो आधिकारिक फेसबुक पेजमा नातीको फोटोसहित यसबारे जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘म हजुरबुवा भएको छु । मेरो जेठो छोरा त्रिलोक र बुहारी जोएको पहिलो सन्तान भएको छ ।
लामो समयदेखि अमेरिका बस्दै आएका त्रिलोकले अमेरिकी प्रेमिका जोए लेवस्किसँग २०७३ को असारमा नेपाली परम्परा अनुसार विवाह गरेका थिए । विवाहका लागि हरिवंश, पत्नी रमिला र कान्छा छोरा मोहितसहित अमेरिका पुगेका थिए ।
नातीको पहिलो तस्बिर ।’