भारतीय टोलीको बलियो लय: हार्दिक पाण्डेयले लिए ५ विकेट - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

भारतीय टोलीको बलियो लय: हार्दिक पाण्डेयले लिए ५ विकेट



इंग्ल्याण्ड भर्सेस भारत, टेस्ट शृङ्खला– तेस्रो टेस्ट, ट्रेन्ट ब्रिज

भारत, पहिलो पारी–३२९ रन, दोस्रो पारी–१२४–२

इंग्ल्याण्ड, पहिलो पारी–१६१

२९२ रनले भारतको अग्रता

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टोली तेस्रो टेस्टमा बलियो लयमा देखिएको छ । दोस्रो दिनको खेल सकिँदा आइतबार भारतले घरेलु टोली इंग्ल्याण्डमाथि २९२ रनको अग्रता लिएको छ ।

भारतले पहिलो पारीमा ३२९ रन बनाएपछि आफ्नो पहिलो पारीको ब्याटिङ्ग गरेको इंग्ल्याण्डले राम्रो गर्न सकेन । घरेलु टोलीले पहिलो पारीमा सबै विकेटको क्षतिमा मात्रै १६१ रन बनायो ।

उसका लागि जोस बट्लरले ३९, एलिस्टर कुकले २९ तथा किटन जेनिग्सले २० रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतका हार्दिक पाण्डेयले पाँच विकेट लिए । यस्तै जसप्रित बुमराह र इशान्त सर्माले समान दुई दुई विकेट लिए । त्यसपछि आफ्नो दोस्रो पारीको ब्याटिङ्ग थालेको भारतले दुई विकेटको क्षतिमा १२४ रन बनाएको छ ।

दोस्रो पारीमा भारतका शिखर धवनले ४४ तथा केएल राहुलले ३६ रन बनाए । ३३ रन बनाएका चेतेश्वर पुजारा र ८ रन बनाएका कप्तान विराट कोहली क्रिजमा छन् ।

लगातार दुई हारसहित भारतीय टोली पाँच टेस्टको शृङ्खलामा २–० ले पछि रहेको छ । पहिलो टेस्टमा ३१ रनले हारेको भारत दोस्रो टेस्टमा एक पारी र १५९ ले पराजित भयो । तर तेस्रो टेस्टमा भने उसले राम्रो गरिरहेको छ ।