क्रिकेट खेलाडी हार्दिक पाण्डेय र केएल राहुललाई २० लाख रुपैयाँ जरिवाना - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

क्रिकेट खेलाडी हार्दिक पाण्डेय र केएल राहुललाई २० लाख रुपैयाँ जरिवाना



नयाँ दिल्ली :टेलिभिजन कार्यक्रममा महिलाविरुद्ध दिइएको प्रतिक्रियामा भारतीय क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट खेलाडी द्वय हार्दिक पाण्डेय र केएल राहुललाई जनही २० लाख रुपैयाँ जरिवाना गरेको छ।

गत जनवरीमा ‘कफी विथ करण’ भन्ने कार्यक्रममा २५ वर्षीय पाण्डेय र २७ वर्षीय राहुल अतिथिका रुपमा प्रस्तुत भएका थिए।

सोही क्रममा उनीहरुले महिलामाथि टिप्पणी गरेका थिए। जसको देशव्यापी रुपमा आलोचना भएको थियो।

दुवै खेलाडीले आफूहरुले महिलालाई डान्स क्लब र बारमा भेट्न रुचाउने तथा रातको समय बिताउन रमाइलो लाग्ने कार्यक्रममा बताएका थिए।

उनीहरुलाई अस्ट्रेलियाविरद्धको खेलमा समावेश गरिएको छैन। उनीहरुलाई पाँच खेलमा प्रतिबन्ध लागिसकेको छ। जसबाट उनीहरुलाई जनही ३० हजार पाउन्ड घाटा लागेको छ।

दुवै खेलाडीहरुले यस विषयमा माफी मागिसकेको भारतीय क्रिकेट बोर्डले जनाएका छन्।

‘भारतमा क्रिकेटलाई धर्मको रुपमा लिने गरिएको छ। खेलाडीलाई सम्मान गरिन्छ, प्रेरणाको रुपमा लिइन्छ।’ क्रिकेट बोर्डले भनेको छ,‘अन्तर्राष्ट्रिय ख्याती भएका खेलाडीले समाजप्रतिको उत्तरदायित्वको बारेमा हरेक समय सोच्नुपर्दछ।’ एजेन्सी