नतिजा पूर्व नै हार स्वीकार गरे सुपरहिट भिलेन प्रकाश राजले - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नतिजा पूर्व नै हार स्वीकार गरे सुपरहिट भिलेन प्रकाश राजले



काठमाडौं । दक्षिण भारतीय चलचित्रका सुपरहिट भिलेन प्रकाश राजले नतिजा पूर्व नै हार स्वीकार गरेका छन्। बिहीबार भएको मत गणनामा प्रकाश राजले २३ हजार ९८० मत ल्याएपछि हार स्वीकार गरेका हुन् । उनले पत्रकार सम्मेलन गरेर हार स्वीकार गरेका हुन् ।

उनले २३ हजार मत ल्याउने अगाडि रहेका उनका प्रतिस्पर्धी सिपी मोहनले ४ लाख ९० हजार मत ल्याएका थिए । प्रकाश राजले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए । उनी विभिन्न दक्षिण भारतीय चलचित्रमा भिलेनको रुपमा काम गरेर चर्चित भएका अभिनेता हुन् ।