चीनमा भेटियो 'हान्ता भाइरस': एकको मृत्यु - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

चीनमा भेटियो ‘हान्ता भाइरस’: एकको मृत्यु



एजेन्सी– भर्खरै कोरोनाको चपेटाबाट निस्किएको चीनमा ‘हान्ता भाइरस’का कारण एक जनाको मृत्यु भएको छ ।

चीनमा कोरोना भाइरस नियन्त्रउन्मुख भइरहेको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको आशंका गरिएका एक जना हान्ता भाइरस को कारणले ज्यान गुमाएको परिक्षणबाट पत्ता लागेको छ।

उत्तर पश्चिमी चीनमा हान्ताभाइरसका कारण ति व्यक्तिको ज्यान गएको चर्चित पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।

ती बिरामीमा कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएको भए पनि हान्ता भाइरसका कारण मृत्यु भएको जनाइएको छ ।

चीनको उत्तरपश्चिमी शानक्सी प्रान्तमा हान्ता भाइरसबाट एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले सोमबार घोषणा गरेका हुन्।

स्थानीय अस्पतालमा ती बिरामीको स्वास्थ्य परीक्षण गर्दा हान्ता भाइरस न्यूक्लिक एसिड ‘पोजेटिभ’ देखिएको थियो ।

यो पनि :

चीनमा फेरी ‘हान्ता भाइरस’को आतंक: के हो ‘हान्ता भाइरस’ ?