हङकङविरुद्ध नेपाल: टस जितेर ब्याटिङमा - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

हङकङविरुद्ध नेपाल: टस जितेर ब्याटिङमा



काठमाडौं । एसीसी एशिया कप छनोटको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ । मलेसियाको युएम वाइएसडी स्टेडियममा हङकङले टस हारेपछि नेपालले ब्याटिङ रोजेको हो । गएराति परेको पानीले मैदान भिजेपछि ढिलोगरी सुरु गरिएको खेल ५० ओभरमै खेलाइँदैछ  ।

अर्को चरणको यात्राका लागि महत्वपूर्ण अवस्थामा रहेको नेपालले आज हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्नेछ । पराजित मात्र होइन ओमान र य्ुएईबीचको नतिजाले नेपालको अर्को चरणको यात्रा निर्धारण गर्नेछ । ओमान बायुमास ओभलमा टस जितेर युएईविरुद्ध बलिङ गरिरहेको छ । यसअघि सुरुवाती दुइ खेलमा ओमानसँग र युएईसँग हार ब्यहोरेको नेपालले मलेसिया र सिगांपुरलाई पराजित गरेको हो ।

हेड टु हेड ‘नेपाल हावी’

अहिलेसम्म नेपाल र हङकङको १२ खेलमा भेट भएको छ । जसमा नेपालले ७ तथा हङकङले ५ खेल जितेको छ । सन् १९९६ देखि सन् २००० बीचका तीन खेल हङकङले लगातार जित हात पारेको थियो । नेपाल र हङकङले उक्त तीन खेल एसीसी ट्रफी इलाइटमा खेलेको थियो ।

त्यस्तै, सन् २००६ देखि २०१४ सम्म भएका पाँच वटा टुर्नामेन्टमा नेपालले हङकङलाई पराजित गरेको थियो ।

तर, सन् २०१४ को वर्ल्डकप क्वालिफायरमा नेपाल ८ वर्षपछि पुनः पराजित भयो । जसमा नेपाल हङकङसँग १० विकेटले पराजित भएको थियो । त्यसपछि २०१७ मा भएको एसीसी इमर्जिङ कपमा नेपालले हङकङलाई ७ विकेटले पराजित गरेको थियो । त्यसको केही समयपछि २०१७ मै भएको विश्व क्रिकेट लिगमा नेपाललाई हङकङले ८३ रनले पराजित गरेको थियो ।

नेपाल र हङकङको खेल नतिजा पछिल्लो समय मिश्रित आइरहेको छ । त्यस्तैमा अन्तिम पटक सन् २०१८ मा भएको एक दिवसिय विश्वकप छनोटमा हङकङलाई नेपालले ५ विकेटले पराजित गरेको थियो ।