अपाङ्ग विद्यार्थी र क्यान्सर पिडितको सयोगार्थ दिल्लीमा सांस्कृतिक महोत्सव - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

अपाङ्ग विद्यार्थी र क्यान्सर पिडितको सयोगार्थ दिल्लीमा सांस्कृतिक महोत्सव



हिमाल पोस्ट /नयाँ दिल्ली 

भारतको राजधानी नयाँ दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना भईरहदा आगामी अगस्ट १५ तारिखका दिन नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर  श्री पशुपति सम्पर्क मंच र सुजन म्युजिक प्रालिद्वारा १३ औ  इन्डो नेपाल सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ ।

अपाङ्ग बिद्यार्थीहरु र क्यान्सर पिडितको सयोगार्थ उक्त सास्कृतिक महोत्सव आयोजना गर्न लागिएको श्री पशुपति सम्पर्क मंचका अध्यक्ष रमेश शर्मा लम्सालले हिमाल पोस्टलाई बताउनु भयो ।

‘प्रवासमा रहेर पनि कला सँस्कृतिको बिकासमा टेवा पुगोस भन्ने हाम्रो चाहाना हो  शर्माले थप  बताउनु भयो  । बिगतको समयमा प्रत्येक वर्ष ब्लड डोनेसन कार्यक्रम आयोजना गर्दै आएको उक्त सस्थाले अन्य सामाजिक कार्यहरुमा पनि प्रवासमा अग्रसर रहेको छ ।

कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु गायिका जमुना राना ,गायक कुमार पुन ,गायक हुम गैरे ,गणेश न्यौपाने ,एसियाकै होची कलाकार मुना घिमिरे दिल्ली आउने भएका छन। लोक दोहोरी गायक  धुर्व राना ,राम गहतराज ,पदम संगीत क्षत्री र  सुरज बिसी  साथै सोहि कार्यक्रममा स्थानीय कलाकारहरु उमेश ,निशा ,गोभिन्द ,बिनिता शृष्टि र आरुषीको  बेजोड प्रस्तुति समेत रहने आयोजकले जानकारी दिए ।

कार्यक्रम १५ अगस्टको दिन दिल्लीको एन्डुसगंज सामुदाईक भवन मुल्चंद मेट्रोको नजिकै  बिहान १२ बजेबाट  सुरु हुनेछ ।