हातखुट्टा मर्किए के गर्ने ? - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

हातखुट्टा मर्किए के गर्ने ?



मर्कनु एउटा दुर्घटनाबाट सृजना हुने शारीरिक समस्या हो । जोर्नीहरूको वरिपरि डोरीजस्तो तन्तुहरु हुन्छन् जसलाई लिगामेन्ट भनिन्छ । लिगामेन्टसले जार्नीलाई कस्सिएर एउटा बन्धनमा सुरक्षित राखेका हुन्छन् । जोर्नीका यिनै लिगामेन्टस् बटारिएर उत्पन्न हुने समस्या र चोटपटकलाई मर्कने भनिन्छ।

सामान्य अवस्थामा मर्कने भनेको व्यक्तिको क्षणीक लापरवाहिका कारणले हुने समस्या हो । यो कुनै व्यक्ति लडेर वा नलडिकन पनि जोर्नीहरु मर्कन सक्छन् । प्राय हातखुट्टा र हिप बढी मर्कने अङ्ग हुन । कहिलेकाहीँ मर्कदा टिस्यु समेत ड्यामेज हुने तथा चुँडिन, च्यातिन वा तानिन सक्छन् । टिस्यु ड्यामेज भएको ठाउँमा रक्तश्राब हुन्छ र सुन्निन गई दुखाई बढी हुने गर्दछ।

सामान्य मर्काइले कुनै असर गर्दैन । यो सामान्यतयाः १ देखि ६ हप्तामा उपचार नगरे पनि आफँै ठिक भएर जान्छ । मर्काइ पनि विभिन्न प्रकारको हुन्छ । ग्रेड एक भनेको एउटा सामान्य अवस्था हो । ग्रेड दुईमा लिगामेन्टस्को केही अंश मात्र चुँडिने हुन्छ भने ग्रेड तीनमा पुरै च्यातिने हुन्छ । लिगामेन्टस् च्यातियो भने शल्यक्रिया गरी मिलाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईको उपचार शल्यक्रिया बिनानै गरिन्छ । मर्केर सुन्निएको छ भने आइसले सेकेर सुन्निने र दुखाई कम गर्न सकिन्छ । कहिले काहीँ बढी सुन्नियो भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ।

मर्काइमा सावधानी अपनाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईलाई सामान्य रूपमा क्रेप व्यान्डेज गर्ने, आराम गर्ने, बैसाखी लिएर मात्र हिँड्ने गर्नु पर्दछ भने ग्रेड तीनमा जोर्नी फुस्कने गरी मर्केको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । लामो समयसम्म उपचारपछि पनि ठिक भएन भने फिजियोथेरापी मार्फत पनि उपचार गर्न सकिन्छ । मर्काइमा चिकित्सकसको सल्लाह लिनु सबैभन्दा उपयुक्त हुन्छ।

मर्काइमा जर्बजस्ती हिँड्ने गर्नुहुँदैन । जर्बजस्ती गर्नाले गोलीगाँठाहरु फुट्न सक्छन् । कसै कसैले मर्कने बित्तिकै जोडले माँड्ने, तन्काउने गर्दछन् तर यस्तो गर्नु हुँदैन । मर्केपछि हड्डि भाँचिएको छ कि छैन पत्ता लगाउन एक्सरे गर्नुपर्छ । मर्कने समस्यालाई धेरै व्यक्तिले ठुलो समस्याको रूपमा हेरेको पाइदैन । कतिपय अवस्थामा मर्काइले जटिल समस्या समेत सृजना गर्न सक्छ ।

स्वाथ्यखबर