ओलीले नियुक्त गरेका गभर्नरलाई किन हटायो सरकारले ? - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

ओलीले नियुक्त गरेका गभर्नरलाई किन हटायो सरकारले ?



सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। गभर्नर अधिकारीलाई निलम्बन गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको हो।

स्रोतलका अनुसार डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिनालाई कार्यबाहक दिइएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बनको ब्यहोरा मिलाइएको स्रोतले जनाएको छ। बैठकले उनीमाथि छानबिनको निर्णय पनि गरेको बताइएको छ।

सरकारले आफ्नो अक्षमता ढाकछोप गर्न गभर्नरलाई लिनम्बन गरेको मन्त्रालय स्रोतले जानकारी दियो। गभर्नर अधिकरीले पटकपटक अर्थ मन्त्रालयलाई सम्भावित संकटबारे जानकारी दिँदै सुधारका उपायहरु समेत सुझाइरहेको पनि स्रोतले बतायो।

अधिकारीलाई २०७६ साल चैत २४ मा तत्कालीन केपी ओली सरकारले गभर्नर नियुक्त गरेको थियो।

साथै, सरकारले अहिलेको आर्थिक संकट र गर्भनरको गतिविधि छानबिन गर्न पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य छन्। समितिलाई एक महिनाभित्र छानबिन प्रतिवेदन बुझाउन पनि भनिएको छ।

गभर्नर अधिकारीमाथि विदेशबाट आएको करोडौं रकम फुक्का गरिदिन बार्गेनिङ गरेको र नीतिगत निर्णय गर्नुअघि सूचना चुहाएकोलगायतका गम्भीर आरोप लागेको छ।