हलवालाले ‘राज्जारानी’ फिल्मका निर्मातालाई ठगे - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

हलवालाले ‘राज्जारानी’ फिल्मका निर्मातालाई ठगे



मधेशमा व्याप्त दाइजो प्रथाको विषयमा बनाइएको फिल्म ‘राज्जारानी’ रिलिज भएको चार महिना पुग्न लाग्यो।

नेपाली भाषाको सो फिल्मलाई मैथिलीमा समेत डब गरेर मैथिली भाषी क्षेत्रमा प्रदर्शन गरिएको थियो। तर सो फिल्मका निर्माताले अहिलेसम्म न हलको पूर्ण व्यवसायिक रिपोर्ट पाएका छन्। न त पूरा पैसा नै।

मैथिली डब भर्सनको जिम्मा लिएका निर्माता राजकुमार महतोले अहिलेसम्म हलहरुले फिल्म प्रदर्शन बापतको पैसा र रिपोर्ट नदिएको गुनासो गरेका खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।

मोफसलमा यस फिल्म वितरणको जिम्मा एफडी कम्पनीले लिएको थियो।

‘फिल्म रिलिज भएको केही हत्पापछि एफडीमा पुगेर हलको रिपोर्ट माग्दा रिपोर्ट लिन एक महिना र पैसा लिन तीन महिनापछि आउनु भने,’ वितरक र हलबालाबाट पाएको दुःख सुनाउँदै महतोले भने, ‘एक महिनापछि पुग्दा २७ वटा हलमा लागेको फिल्मको ५ वटा हलको मात्र रिपोर्ट पाइयो। जनकपुरको राजजानकी सिनेमामा दुई हप्तासम्म फिल्म राम्रोसँग चलेको थियो, तर रिपोर्टमा एक हप्ता मात्रै देखाइयो।’