माधव नेपाल र ओली समूहबीच वार्ता सकियो: सामुहिक राजिनामा हल्ला मात्रै
काठमाडौं- नेकपा एमालेका नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षका नेता विष्णु पौडेल र सुवास नेम्वाङबीचको छलफल सकिएको छ ।
राजीनामा दिन संसद सचिवालयमा पुगेका नेपाल समुहका नेताहरूसँग वार्ता गर्न विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबारमै पुगेका थिए ।
वार्तापछि सुवास नेम्वाङले जानकारी दिए अनुसार पुनः छलफल गर्ने सहमति भएको छ । नेम्वाङले प्रधानमन्त्री एवं पार्टी अध्यक्षको चिन्ता र चासो नेता नेपालसमक्ष राखेको बताए ।
नेम्वाङले नेपाल समुहले दिने भनेको सामुहिक राजीनामा चर्चामात्र भएको आरोप लगाए । नेम्वाङले नेपाल समुहले कुनै राजीनामाको तयारी नगरेको समेत बताए ।