स्कुल र कलेज खोलेपछि अमेरिकाको हालत खराव - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

स्कुल र कलेज खोलेपछि अमेरिकाको हालत खराव



काठमाडौं- अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्।

महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्।

विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट युनिभर्सिटी अफ न्युयोर्क जाँदैछ। त्यहाँ एक सयभन्दा बढी विद्यार्थीलाई कोरोना संत्रमण भएको छ। विश्वविद्यालयका चान्सलरले भने विद्यार्थीहरु भोज र रमाइला गतिविधिमा सहभागी भएकाले उनीहरु संक्रमित भएको तर्क गरेका छन्।

संक्रमित संख्या ६० लाख नाघ्यो जारी कोरोना महामारीको सबैभन्दा खराब असर भोगिरहँदा अमेरिकामा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ। मुलुकको मध्यपश्चिम क्षेत्रमा पर्ने कैयौं राज्यहरुमा संक्रमण तीव्र गतिमा फैलिएको छ। आयोवा, नर्थ डकोटा र मिनिसोटामा एकैदिन अहिलेसम्मकै धेरै मानिस संक्रमित भएका छन्।

मोटानाका अस्पतालहरु कोरोना संक्रमितले खचाखच भरिएका छन्। जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा अहिलेसम्म एक लाख ८४ हजारभन्दा धेरै संक्रमितको ज्यान गइसकेको छ।