हजुरआमा -एक पाठशाला - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

हजुरआमा -एक पाठशाला



-सुमन सापकोटा

कुनै समय घरको बार्दली माथि बसेर मलाइ काखमा राखी आकाशको ताराहरू देखाउनु हुन्थ्यो र भन्नू हुन्थ्यो बाबु तिनी भगवानहरु हुन म मरेर गए भने तिनै आकाशको तारा हेरेर मुस्कुराउनु हजुरले यो भन्न बिर्सिनु भएछ म पनि त तिम्रो भगवान् हु नि !

बिर्सिन नसकेको मैले आज फेरि हजुरलाई सम्झिए अनुहारको रेखाभित्रको त्यो मुस्कानलाई सम्झिए ,खुसी हुँदा घुर्क्याएर बस्ने र रुँदा लुकामारी खेल्ने त्यो काख सम्झिए । अरू हजुर मुस्कुराइरहेको देखे म हजुरको मुस्कुराइरहेको अनुहारको रेखामा लुकेको पिडाहरू पनि देख्थे ।

हजुरबुबा देखि हजुर पहिल्यै देखि टाढा बस्नु भयो ,धेरै सङ्घर्षका कुराहरू थिए जुन हजुरबाट सुने र केही आफै देखे पनि । कति धेरै साहस र बलियो मुटु बोकेर हजुर मुस्कुराउदै जिन्दगीको पाइला चाल्नुहुन्थ्यो । आफूले जनतन गरेर जोडेको पैसा म टुप्लुक्क हजुर सामुन्ने पुग्दा बाकसको कुनाबाट झिकेर मेरो खल्तिकाे बिचमा सुटुक्क हाल्दिनुहुन्थ्यो । त्यो कागजको टुक्राभित्र हालिदिने अमूल्य त्यो प्रेम त्यति बेला त कहाँ बुझ्थेँ र अहिले अनुभव गर्दै छु। त्यो पहाडको ठाडो उकालो हिँड्दा यी पैतालाले कहिले दु:ख मानेनन् किनकि गन्तव्यमा हजुरको पर्खाई हुन्थ्याे जसले सधैँ हिँड्न प्रेरित गरिरहन्थ्याे। आज त्यो उकालो जस्तै जिन्दगीका कयौँ उकालो चढ्दा थाक्न मन लाग्दैन । अझ ढाैडिन मन लाग्छ ताकि हजुरले देखाएको त्यो गन्तव्य छिट्टै पुग्न सकुन् र भन्न पाउँ ‘हजुरआमा हजुरले देखाएको गन्तव्यमा अाईपुगेँ आउनुस् मलाई फेरि अाशिर्वाद दिनुस्’ ।

घर पुग्दा बित्तिकै पिलाउने माेहि अनि मकै । नातिहरू अाएकाे उपलक्ष्यमा घ्यू हालेको अाटाेकाे स्वाद सायद संसारको कुनै मिष्ठान्नले मेटाउन सक्दैन होला । सायद हजुरको हातमा केही त जादु थियो जसले फेरि एक पटक त्यो अाटाे पेटभरि खान मन लाग्छ र कसाैडि हेर्दै भन्न पाईयाेस्-‘हजुरआमा अझ थोरै थपिदिनुन ” ।
कुनै दिन स्कुलमा खाजा खाने लोभमा हजुरले चियापत्तिकाे बट्टाभित्र लुकाएर राखेको १० रुपियाँ चाेरेकाे थिएँ। जसको सजाए ड्याडीको हातको सिस्नाे पानीबाट भुक्तानी गर्दै थिएँ..पीडा मलाई भईरहेकाे थियो तर अाँशु हजुरको आँखाबाट बलिन्द झरिरहेका थिए। कसले भन्छ पानीले जिभाउछ मात्रै ? मलाई त्यही अाँशुले भत्भति जलाउथ्याे आआफ्ना गल्ती सम्झी। नढाँटी भनाै हजुरअामा हाे , त्यही दिनदेखि लामाे हात गरेकाे सम्झना मलाई अाजसम्म छैन । हजुरका अाँशुमा पनि शक्ति थियाे जसले फेरि त्यही गल्ती दाेर्ह्याउने साहस दिएन। यस्ता कयाैँ घटनाहरु छन् जसबाट मैले धेरै पाठ सिकेकाे छु। गणितमा त्रिकाेण , षट्काेण धेरै पढियाे तर वास्तविक जीवनकाे असली दृष्टिकाेण हजुरबुबा हजुरअामाबाट सिक्न पाउने मजस्ता भाग्यमानी नाति सायदै हाेलान् । र त लाग्छ हजुरकाे जीवन जीवन हाेईन एउटा अमूल्य पाठशाला हाे।

कयाै घटनाहरु छन् जसलाई वर्णन गर्न शब्दहरु पनि असमर्थ छन्। सानाे छँदा हजुरकाे काखमा लडिबुढि गर्ने माैका पाएँ बिस्तारै ठूलाे हुँदै गर्दा पढाईकाे शिलशिलामा टाडिन पराे तर हजुरकाे माया कहिल्यै टाडिएन। समय ढाैडिदै गयाे .. समय ढाैडनु नै मान्छेकाे भैतिक शरीर बुढाे हुँदै जानू हाे। र याे पनि सत्य हाे शरीर बुढाे हुनु राेगकाे अावास बन्नु हाे। भैदियाे पनि त्यस्तै राेगले च्याप्दै गयाे तर भाैतिक अाैषधीले छेक्न खाेज्याे पूर्णरुपमा छेक्न सकेन । मलाई याद छ बिरामी भएर उठ्न नसक्दा पनि हामी पुग्दा मुसुक्क मुस्कुराउनुन्थ्याे र केही नभए जसरी हिढ्न खाेज्नुन्थ्याे। अहिले लाग्छ कमसेकम अन्तिम समयमा भगवान्सँग प्रार्थना बाहेक हजुर सँगै बसेर हजुरकाे सेवा गर्न सकिन ..पाईन। लाग्छ म अभागि भएँ। तर ती हातहरु अवश्य भाग्यमानी छन् जसले अन्तिम समयमा हजुरलाई सेवा गर्ने माैका पाए।

जीन्दगिमा सुन्नै नचाहने तर सुन्नै पर्ने एउटा सत्य खबर हुन्छ –त्याे हाे देहान्तकाे खबर । यहि सुन्नै नचाहने खबर फागुन् २ गते सुन्नु पर्याे। मन भक्कानियाे..अाँखाका ढिल भिजे। “न जायते म्रियते वा कदाचिद्……” गुरुले पढाउनु भएका केही हरफहरुले मनलाई सम्हालेँ ..अझ भनाै सम्हाल्न खाेजेँ। अन्तिम बिदाईकाे तयारी काठमाडौंमा भएकाे थियाे तर म चितवन थिएँ। पुग्न सक्छु कि सक्दिन मन झन् हक्कानियाे । म तयार भएँ अन्तिम दर्शनकाे लागि मुग्लिन् र थानकाेटकाे जाम सबैभन्दा लामाे लागेकाे सायद मलाई त्यति बेलै हाे। जनतन काठमाडाै झरेँ ट्याक्सि पक्डिए तर अपसाेच काठमाडौ पनि पूरै जाम ।?ड्राइभरलाई भने इमर्जेन्सी लाईट बाल्नुस् अनि हिढ्नुस्। ट्राफिक नियम पालना गर्न मन लागेन गरिएन पनि। ट्राफिकले समातिहाल्याे — “भाइ के काे हतार?”

डाइभरले उत्तर दियाे-“भाईलाई हतार रहेछ ..अार्यघाटमा जानु पर्ने रे चितवनबाट अाएकाे”
मैले बीचैमा राेकेर भने ” सर हजुरअामाकाे अन्तिम दर्शन मैले गर्नै पर्छ प्लिज् छाेड्दिनुस् ”
पुलिसले रिसाउदै भन्याे— “भाइ प्रमाण देखाउ”
साेचेँ संसारमा मृत्युकाे प्रमाण के छ? कसले के बनाएकाे छ? मैले प्रमाण कसरी देखाउने?
साेच्दै थिएँ बरर् अाँशु झर्दै मेराे मुखबाट फुत्किएछ-” सर यदि हजुरकाे हजुरअामा बितेर यसरी नै हजुरलाई प्रश्न कसैले गर्थ्याे भने हजुरले के जवाफ दिनुहुन्थ्याे?”
पुलिसले भावुक स्वरमा भन्याे -” भाइ तिम्रा टिल्पिलाएका अाँखाले प्रमाण,पेश गरिसकेकाे छ…राम्राेसँग जाउ”
एकदमै धन्यवाद दिन मन लाग्याे जिन्दगि दिन नसकेकाे जवाफ उसैले अाफै पत्ता लगाएर लग्याे।
घाट पुगेँ ..सबै जम्मा भईसकेका थिए पर्खाई मेराे मात्र थियाे । अन्तिम दर्शन गरेँ। अन्तिम पटक अन्तिम दर्शन गर्न पाउनु मेराे निम्ति भाग्य थियाे । पार्थिव शरीर नै किन नहाेस् कमसेकम अन्तिम दर्शन त पाएँ नि।
जलाईयाे हजुरअामालाई। जिन्दगिकाे अन्तिम सत्य मैले हेरिरहेकाे थिएँ। भाैतिक सुख सुविधा मात्र सत्य नहुदाे रहेछ। मान्छेकाे अन्तिम सत्य ‘मृत्यु’ रहेछ याे पाठ आज फेरि जाँदै गर्दा सिकाउनु भयाे। हजुरअामा हजुरकाे जीवन, जीवन हाेईन एउटा अमूल्य पाठशाला हाे।

भन्नको लागि धेरै कुराहरू भएपनी शब्दहरु मनमा गाठो परेर बसेका छन । हजुर यहाँ नभएर के भयो त मनबाट कहिल्यै टाढा हुन सक्नुहुन्न । मेरो प्रेरणा र प्रेमको स्रोत म हजुरलाइ मेरो मनबाट कहिल्यै अलग्गिन कहाँ दिन्छु र कहिलेकाही साथै नभएको मान्छेलाइ पनि यादहरुले आफुसङै भएको आभास दिलाउदो रहेछ । हासेको तस्बिर हेर्दा हजुर मलाइ नै हेरेर मुस्कुराइरहनु भएको छ जस्तो लाग्छ । निरास हुँदा टाउको थोरै माथि उठाएर बाबू सधैँ बलियो हुनुपर्छ भन्ने आवाज कतैबाट हजुरले नै भनिरहनु भएको छ जस्तै लाग्छ जिन्दगिको अन्तिम निर्णय हो बिदाइ । कहिल्यै नआउने गरि फेरि मैले चकचक गर्दा बाबू भन्दै हातले मेरो कानमा समातेर सुस्त चिमोठटनु हुन्थ्यो नि त्यही हातलाइ आफ्नो हात हल्लाउँदै अलबिदा भन्नू सायद सजिलो पक्कै थिएन। प्रेम गर्न सिकाउनु भयो , स्वतन्त्र प्रेम गर्न र माफी दिन चाहे कसैको कुन कारणले आफ्नो मनमा गहिरो चोट पुगेको होस । निस्वार्थ सम्बन्ध राख्न र अरुलाइ खुशी बाड्न खुशी बनाउन जस्ले आफुलाइ पनि मुस्कुराउन प्रेरित गर्छ । मलाइ मैले बुझेको भन्दा पनि धेरै कुराहरू सिकाएर जानू भयो ।

हजुरलाइ म प्रेम गर्छु भनिरहदा सब्दमा अटाउन नस्क्ने भन्दा पनि धेरै प्रेम गर्छु । कहिलेकाही हजुरको अत्यास लाग्दा जोडले चिच्याएर आफुभित्रकै मनमा पुर्याउन मन लाग्छ ताकी हजुरले मेरो आवाज सुन्नुहुनेछ ,भन्नुहुन्थ्यो नि कुनै दिन “बाबू म तिमिहरुबाट कहिल्लै टाढा जादिन मनको आवाजले सुन्नु सधैँ तिमी संगै हुन्छु भनेर । एकचोटी न सहि हजुर मलाइ आशिर्वाद दिने बाहानामा मेरो नजिक आइदिए हुन्थ्यो जस्तो लाग्छ मेरो हात समाएर जाउ बाबू चुइचुइ जुत्ता किन्न भन्दिए हुन्थ्यो जस्तो लाग्छ बिश्वको सब्बैभन्दा अग्लो पहाड्मा उभिएर हजुर मेरो लागि कति प्रेरणादायिक र ममतामय हुनुहुन्थ्यो सबैलाइ सुनाउन मन लाग्छ । भगवान् सधैँ धन्य छन कि मैले हजुरआमा हैन हजुरआमाकै रुपमा एउटा भगवान् पाए जस्लाइ सधैँ मनमै राखेर पुजिरहनेछु ।