माधव नेपालको हैसियत प्रचण्डको कार्यकर्ता मात्र: ओली - Himal Post Himal Post
  • १९ असार २०८३, शुक्रबार
  •      Fri Jul 3 2026
Logo

माधव नेपालको हैसियत प्रचण्डको कार्यकर्ता मात्र: ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपाल प्रचण्डको कार्यकता भएको टिप्पणी गरेका छन्।

‘माधव नेपाल प्रचण्डका मामुली कार्यकर्ता हुन्’ राजधानीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘मलाई केही भन्नु छैन।’

ओलीले आफूसँग रहँदा सधैं नगद सम्झौताको कुरा गरेको भए पनि अहिले प्रचण्डसँग लागेर पनि खासै केही नपाएको बताए।

‘उहाँ सधै उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो,’ उनले भने, ‘उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुन्छ।’