आइपिएल: बैंगलोर विरुद्ध हैदरावादको ५ रनको जीत - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

आइपिएल: बैंगलोर विरुद्ध हैदरावादको ५ रनको जीत



इन्डियन प्रिमियर लीग आइपिएल अन्तर्गत ३९औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर बैंगलोरलाई ५ रनले हराएको छ ।

राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको मङ्गलवारको खेलमा सनराइजर्स हैदरावादले १४६ रनको लक्ष्य बैंगलोर समक्ष प्रस्तुत गरेको थियो । उक्त लक्ष्य पच्छाउँदै खेलेको बैंगलोरले ६ विकेटको क्षेतिमा १४१ रन बनाउन सफल भएको थियो ।

निर्धारित २० ओभरको खेलमा हैदराबादका केन विलिम्सनले सर्वाधिक ३९ बलमा ५६ रन बनाएका थिए भने बैंगलोरका क्याप्टेन विराट कोहलीले ३० बलमा ३९ रन बनाएका थिए ।