खगेन्द्रले भने: हैट, अाेली राजकाे याे उपहार !
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको चिन भ्रमणलाई व्यङ्ग्य गर्दै खगेन्द्र संग्रौलाले ओलीराजको उपहार गजबको रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले ओलीको रेल वाला रटान र १ सय १९ जनाको लस्करका बारेमा व्यङ्ग्य गरेका हुन् ।
रेल कसले र किन ल्याउने, यसको लागत कति लाग्ने र लगानी कसले गर्ने भन्ने विषयमा छलफल, बहस हुनुपर्नेमा खाली रेल, रेल मात्रैको सरकारको रटान गलत भएको उनले बताएका छन् ।
खगेन्द्र संग्रौलाले गरेको ट्वीट यस्तो छ:
अघिअघि अाेली सर,पछिपछि अन्धवेगी लावालस्कर।रेल,रेल,रेलकाे कर्कश रटना।लगानी कसकाे र कस्ताे?लागत कति र प्रतिफल कति?नतिजा थप परनिर्भरता र गुलामी कि किञ्चित् अात्मनिर्भरता र समृध्दि?न साेच न विचार,न चिन्ता न विश्लेषण।केवल हाहा हाेहाेकाे विचारशून्य उन्माद।हैट्,अाेली राजकाे याे उपहार!
— Khagendra Sangroula (@belakoboli) June 24, 2018