हचुवामा निर्णय गर्नेले सरकारको बदनाम गराए: कमल थापा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

हचुवामा निर्णय गर्नेले सरकारको बदनाम गराए: कमल थापा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आक्रोश पोख्दै सरकार फेरि बदनाम भएको बताएका छन्

थापाले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै संकटका बेला सरकारी समन्वय कमजोर हुँदा जनताले दु:ख पाएको सनत बताएका छन्।

काठमाडौं उपत्यकामा लकडाउनका कारण रोकिएका नागरिकलाई गाउँ जान दिने निर्णयमाथि टिप्पणी गर्दै थापाले सरकारको द्वैध धारणा वर्तमान नेतृत्वको असक्षम कार्यशैली र कमजोर समन्वयको ज्वलन्त उदाहरण भएको बताए।

‘आवश्यक तयारीका साथ काम गरेको भए सो निर्णय आफैमा गलत थिएन,’ थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटरमा मेन्सन गर्दै भनेका छन्, ‘गृहकार्य विना हचुवामा निर्णय गर्नेले फेरि सरकारलाई बदनाम गराए। जनताले दु:ख पाए।’

सरकारले बिहीवार काठमाडौंमा फसेका नागरिकलाई दुई दिनका लागि गाउँ जान दिने र त्यसका लागि गाडीको व्यवस्था गर्ने निर्णय गरेको थियो। तर, विनातयारी गरिएको निर्णय दुई घण्टामै फिर्ता लिइयो। जसको चौतर्फी आलोचना भइरहेको छ।