प्रदीप ज्ञवालीको ठोकुवा: एमाले नभएको भए देशमा संविधान नै बन्ने थिएन
काठमाडौं । नेकपा (एमाले) सचिव प्रदीपकुमार ज्ञवालीले एमाले पार्टी नभएको भए नेपालको संविधान नबन्ने दावी गरेका छन् ।
ललितपुरको गोदावारीमा जारी नेकपा (एमाले) प्रथम विधान महाधिवेशन सभामा बोल्दै सचिव ज्ञवालीले एमालेबिना संविधानको कार्यन्वयन नहुने बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, ‘नेपालमा नेकपा एमालेको अग्रणी भूमिका हुँदैन थियो भने अनेकौँ चुनौति र हस्तक्षेपलाई चिररे संविधान बन्दैन थियो ।’
आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ ।पार्टीमा उपमहासचिवको पद हटाएर नयाँ व्यवस्था गर्न लागेको बताइएको छ ।
नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ । एमालेको उपमहासचिवमा हाल घनश्याम भुसाल र विष्णु पौडल रहेका छन् ।