संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने अडानमा परराष्ट्रमन्त्री ज्ञवाली - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

संघीय लोकतान्त्रिक गणतन्त्र हटाउने अडानमा परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधान संशोधन गर्नुपर्ने बताएका छन्। मन्त्री ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।

सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मन्त्री ज्ञवालीले मुलुकको शासन प्रणालीलाई देशको नाममा जोडने हो भने संविधान संशोधन गर्न छलफल गर्न सकिने बताए । उनले अहिलेको संविधानमा नेपालको नाम नेपाल भनिएको हुनाले प्रशासनिक हिसाबले पत्राचार गर्ने काममा नेपाल भनेर लेख्ने निर्णय सरकारले गरेको पनि मन्त्री ज्ञवालीको भनाई छ ।

उनले भने, ‘मुलुकको शासन प्रणालीलाई नाममा रिफ्लेक्ट गर्न हुन्छ की हुँदैन। हुँदैहुँदैन भन्ने पनि होइन। गर्न पनि सकिन्छ कतिपय मुलुकले गरेका छन्। त्यसो गर्ने हो भने हामी संविधानमै जानुपर्ने हुन्छ। अहिले हामीले संविधानमा जे व्यवस्था छ नेपालको नाम नेपाल भएको हुनाले आधिकारीक पत्राचार नेपाल भनेर गर्ने यतिमात्रै विषय नेपाल सरकारको निर्णयको सार यत्ति मात्रै हो।’ उनले भने, ‘आज हाम्रो छलफल मुलुकमा कस्तो साशन प्रणाली ल्याउने मुलुकले स्थापित गरेको साशन प्रणालीलाई बदल्ने की कायम राख्ने भन्ने कुरासँग हुँदै होइन। यसलाई जवरजस्ति जोड्ने गल्ति नगरौं।’

मुलुकले स्थापित गरेको शासन प्रणालीलाई बदल्ने अथवा कायम राख्ने भने कुरासँग बहस गर्न जरुरी नरहेको मन्त्री ज्ञवालीको भनाई छ । संविधान निर्माण गर्दा नै देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल राख्ने भन्ने सोच भएको भए संविधानमा नै उल्लेख भइसकेको हुने पनि उनले बताए ।