परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

परराष्ट्रमन्त्री ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने



काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीमा नेकपा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्रीको भारत भ्रमणमा निश्चित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले उक्त भ्रमणमा सिमा नाकाहरुको विषयमा भारतसँग कुरा हुने बताए । प्रधानमन्त्रीले गौरीफण्टा नाका सुचारु गर्ने र अन्य नाका व्यवस्थित गर्ने लगायत राष्ट्रहितको विषयमा कुरा हुने बताए ।

नाकाबन्दीका डेटर सामना गर्दा जनताले साथ दिएको स्मरण गर्दै ओलीले देशको हितमा सरकारले कसैसँग नझुकी काम गर्ने बताए ।

प्रधानमन्त्रीले ५८ वर्षदेखि हडपिएको नेपाली भूभाग समेटेर नक्सा पारित गर्ने र संविधान संशोधन गर्ने काम आफ्नो नेतृत्वमा भएको भन्दै ओलीले त्यहि दिनदेखि आफूविरुद्ध पार्टीभित्रबाट षडयन्त्र शुरु भएको दावी गरे ।

ओलीले नेपाली भूमि फिर्ता ल्याउने बताए । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री ज्ञवाली भारत भ्रमणमा जादैछन् ।