ग्याँस प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्यु छ जना घाइते - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

ग्याँस प्लान्टमा आगलागी हुँदा दुई जनाको मृत्यु छ जना घाइते



बिरगंज ।। वीरगञ्जस्थित सुपर ग्याँसको प्लान्टमा आगलागी हुँदा दुई जनाको ज्यान गएको छ। आगलागिमा परी अरु ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

वीरगञ्ज महानगरपालिका २२ जगरनागपुरस्थित सुपर ग्यासको प्लान्टमा बुधबार बिहान आगलागी भएको हो।

आगलागी अझै पनि नियन्त्रणमा आउन सकेको छैन। आगो निभाउन गएको बारुणयन्त्र पनि आगलागीमा परेर जलेको छ।

ज्यान गुमाउने दुई जना बारुणयन्त्रका कामदार भएको बताइएको छ। आगलागीले प्लान्टभित्र रहेका ग्याँस ट्यांकी र सिलिण्डर विष्फोट हुने क्रम अझै रोकिएको छैन।

घाइतेहरूलाई उपचारका लागि गण्डक अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फाइल तस्बिर :-