धादिङमा ग्यास बुलेट दुर्घटना, २ को मृत्यु - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

धादिङमा ग्यास बुलेट दुर्घटना, २ को मृत्यु



धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा ग्यास बुलेट पल्टेर आगलागी भएको छ । बेनीघाटस्थित विशालटार मोडबाट ग्यास बुलेट त्रिशूली नदी किनारमा खस्दा २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

सडकबाट करीब ५० मिटर तल खसेको सो ग्यास बुलेटमा आगलागी भईरहेको पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । उद्धार तथा आगलागी नियन्त्रणका लागि निलकण्ठ नगरपालिकाको दमकल तथा नेपाली सेना तथा प्रहरी टोली घटनास्थल पुगेका छन् ।